काठमाडौँ, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने भनाइ छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल…