दलको नेता परिवर्तन गर्न हामीसँग संख्या छैन : नेता कोइराला

विराटनगर, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  पार्टी संसदीय दलको नेता परिवर्तन गर्नका लागि आफूसँग पर्याप्त संख्या नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन ।’ उनले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिए । माओवादी…