काठमाडौँ, २२ भदौ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले समृद्ध नेपाल : सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए ।…