राष्ट्रपति पौडेलद्वारा तीन मन्त्री नियुक्त

काठमाडौँ, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।