काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिनुुभएको छ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आइतबार सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधिको…