संवैधानिक परिषद् विधेयक : कांग्रेस संशोधनका पक्षमा, एमाले यथास्थितिमा

काठमाडौँ, २२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रथम दृष्टिमै संविधानको मर्म, भावना र लोकतान्त्रिक मान्यताविपरीत’ भन्दै सन्देशसहित फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई संशोधन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ कांग्रेस र एमालेबीचमै मतक्यै हुन सकेको छैन । कांग्रेसका सांसदहरू राष्ट्रपतिको चासोबमोजिम संशोधन गर्नुपर्ने पक्षमा छन् भने एमालेले यथास्थितिमै विधेयक पुनः पारित गरेर पठाउन चाहेको छ ।  संवैधानिक आयोगका…