निर्वाचनमा मत बढाउन अध्यक्ष ओलीले अघि सारेका यस्ता छन ७ रणनीति

काठमाडौ, १० भदौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी सम्बन्धी उल्लेख गरिएको छ । ओलीले प्रतिवेदनमा स्थानीय निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएकाले पार्टीपङ्तिमा हारको धङधङी र आरोप–प्रत्यारोप र आपसी आशंका अझै बाँकी रहेको भन्दै यसबाट पार्टीलाई मुक्त…