काठमाडौँ, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन नीजि क्षेत्रको योगदान महत्वपूर्ण तथा अपरिहार्य रहेको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । स्वदेशी कच्चापदार्थ…