नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ, ३१ साउन । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए । संसदबाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै…