काठमाडौँ, १९ साउन । नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।