बाबुरामजीले गठबन्धन छोड्दिन भन्नुभएको छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् । आज सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीचको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए । उनले भने, ‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ’ ‘(जसपाबाट) अलग भए पनि यो गठबन्धन कुनै…