काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किनु भएको छ । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गर्नुभएको हो ।…