काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका…