आवश्यकता अनुसार चुनावी तालमेल गर्ने काँग्रेसको निर्णय

काठमाडौँ, १५ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाउन उक्त निर्णय गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको…