सिन्धुपाल्चोक काँग्रेसमा दोस्रो चरणको मतदान हुने

काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३…