काठमाडौँ, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्नुभयो । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएको प्रधानमन्त्री देउवाले सूरक्षाको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र…