सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौँ, ६ माघ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङका अनुसार आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको उनले जानकारी दिए । यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक…