नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, २८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन गर्ने आवश्यक रहेको बताएका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता भएको बताएका हुन् ।…