काठमाडौँ, २२ असोज । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक-२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ । त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ…