विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमाले स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ, २५ साउन । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । आज च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।…