काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको सीसीएमसीको निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । स्मार्ट लकडाउनको प्रस्तावबारे अर्को बैठकले निर्णय गरिने बताइएको छ । संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको…