बढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

काठमाडौँ, २ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभयो…