सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

काठमाडौँ, १० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ । उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा…