काठमाडौँ, ४ पौष । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिने छ ।…