उपप्रम पोखरेलद्वारा राजनीतिक प्रस्ताव फिर्ता लिन अध्यक्ष प्रचण्डलाई आग्रह

काठमाडौँ, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्पकर्षमा पुगेको समयमा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा रुपमा प्रतिवाद गर्नुभएको छ । शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्री पक्षीय नेताहरू रुष्ट बनेका छन्…