मुख्यमन्त्री पोखरेलमाथि गरिएको सुनियोजित आक्रमण निन्दनीयः उपप्रम पोखरेल

काठमाडौँ, १९ असोज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रदेश नं. ५ का मुख्यमन्त्रीलाई लक्षित गरेर गरिएको सुनियोजित आक्रमण निन्दनीय भएको बताउनुभएको छ । आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज…