समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन: प्रम ओली

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघ (यूएन)को ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्डेड भिडियोमार्फत् प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका…