काठमाडौँ, १५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ ट्वीट गर्दै भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँको भन्नुभएको छ, ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको…