काठमाडौँ, ३१ असार । शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन् । पाँचौं पटकसम्म वार्ता भए पनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । राजीनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि…