काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनासँग जोडेर राष्ट्रपति, मन्त्रिपरिषद तथा सरकारलाई बदनाम गर्न खोज्नु नियोजित भएको उल्लेख गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्धमा सरकार लागि परिरहेको समयमा…