नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसगै संक्रमितको संख्या २७८ पुगेको हो । यससँगै नेपालमा हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।