काठमाडौँ, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । बुधबार शीतलनिवास पुग्नुभएका दाहालले राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गर्नुभएको हो । राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, कोरोना भाइरसको सम्भावित प्रकोप र नेकपामा देखिएको विवादबारे छलफल भएको बताइएको छ ।…