काठमाडौँ, ४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा टुंग्याउन दुई बुँदे समझदारी भएको छ । लगातार भएको छलफलपछि आज सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन र नियुक्तिका लागि दुई बुँदे सहमति गर्ने सहमति भएको हो । बैठकमा दुवै आयोगसँग सम्बन्धित कानुनलाई…