लुम्बिनी, २६ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको विकास सबैको साझा एजेन्डा बन्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकास कोषको पदाधिकारीमा नियुक्ति पाउनका लागि लुछाचुँडी गर्ने तर नियुक्ति पछि वेवास्ता गर्दा लुम्बिनीको विकास हुन नसकेको आरोप लगाए । लुम्बिनीको विकास सबैको साझा एजेन्डा…