मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ, ५ पौष । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।