बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो । ‘घरमा श्रीमान् छैनन्, गाईबस्तु लिएर लेकतिर गएका छन् । नौजनाको परिवार मेरो जिम्मामा छ,’ ललिताले व्यथा सुनाइन्, ‘गाउँको सहकारीबाट ऋण गरेर चामल किन्न आएँ, तर डिपोमा रहेनछ…