अविवाहित महिलालाई पनि भत्ता

पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ । ‘संघीय सरकारले अविवाहित र सम्बन्धविच्छेद भएका महिलालाई ६० वर्ष…