५० लाख ई–पासपोर्ट छपाई प्रक्रिया अघि बढ्याे, व्यक्तिगत विवरणसहितको ‘चिप्स’ राखिने

परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ । राहदानी…