प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन् । आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता कर्मचारीको सूची बनाउन थालेको छ । नयाँ आर्थिक वर्ष सुरु भएयताका चार महिनामा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी विदेश गएका छन्।…