राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठक छाडेर पोखरा उडेपछि शुक्रबारको महत्वपूर्ण दोस्रो बैठक प्रभावित भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । पहिलो बैठक प्रारम्भ गरेपछि उपाध्यक्षलाई सञ्चालन गर्न लगाई अध्यक्ष तिमल्सिना मुस्ताङमा हुने एक शैक्षिक कार्यक्रममा सहभागी हुन पोखरातर्फ लागेका थिए । शुक्रबार नै दोस्रो बैठक पनि बस्नुपर्ने थियो । तर, बैठक सुरु गर्न अध्यक्ष नै…