अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ !

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ।…