सुनसरीमा डेंगु बिरामीको संख्या ३ हजार २ सय ६६ पुग्यो

सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छ । बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र ३ हजार १ सय ७३ जना रहेका छन् । डेंगुका कारण अहिलेसम्म धरानमा एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालका अनुसार धरान वडा नंम्बर १५ की ३० वर्षीया मनु सुनुवारको मृत्यु भएको हो…