समानुपातिकमा राखिएकामा सिटौला असन्तुष्ट

काठमाडौं, १२ कार्तिक । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे । ‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन । यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित…