काठमाडौं, ९ असोज । दशैंको मौका छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दशैं मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार…