मान्छे तान्ने त्रिशुली : दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ । अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे । भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय…