बारा, १ असोज । कलैया उपमहानगर-६ का ८५ वर्षीय हीरा दास सोमबार हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । तर, रोजेको उम्मेदवारको चुनाव चिह्न थाहा पाउने र भोट हाल्ने तरिकाबारे उनी अझै अन्योलमै छन् । उनलाई कसैले मतदाता शिक्षा दिएका पनि छैनन् । शनिबार आफ्नो पसलमा बसिरहेका दास सामान किन्न आउने जोकोहीसित मतदान गर्ने तरिकाबारे जिज्ञासा…