काठमाडौं, ३१ भदौ । साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्दप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् । अध्यक्ष शर्मा तथा मनोनित सदस्य एवं पूर्वशिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ हर्माले दशैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ । ‘उनीहरु हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४०…