काठमाडौं, ११ भदौ । प्रहरी प्रधान कार्यालयले पछिल्ला तीन वर्षमा देशव्यापी रुपमा सार्वजनिक अपराध, ज्यान सम्बन्धी अपराध र बैंकिक कसुरको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७३–७४ मा देशभरीको प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाका आधारमा सबैभन्दा धेरै अर्थात १० हजार ५४ वटा सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका देखिन्छन् ।…