बजारमा डलर अभाव कायमै

काठमाडौं, १९ साउन । बजारमा लामो समयदेखि रहँदै आएको नगद अमेरिकी डलरको अभाव अझै हटेको छैन । बैंकहरूले ग्राहकको मागअनुसार डलर दिन नसकेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरूले पनि सिधै डलर खरिद गरेर ल्याउन पाउने व्यवस्था गत वर्ष नै गरेको थियो । एक–दुईवटा बैंकहरूले मात्र यसमा चासो देखाएका थिए । डलर खरिद गरेर ल्याउन इच्छुक बैंकहरूले…