मन्त्री हुने चर्चामा रहेका सांसदहरुको आक्रोस :

काठमाडौं, १४ साउन । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार–हतार दौरा–सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’…